२१ भदौ २०८३, आइतबार | September 7, 2026

टर्कीको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान



काठमाडौं । टर्कीको संसदमा भीषण झडप भएको छ । संसद्को भिडियोमा सांसदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेको देखिएका छन् । यो झगडा करिब ३० मिनेटसम्म चलेको थियो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् ।

एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए ।

झगडा चर्किएपछि र सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थालेका थिए । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शुक्रबार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो । यसमा सांसद केन अटलेको चर्चा चलिरहेको थियो । अटालेले सन् २०१३ मा एर्दोगान सरकारको विरोध गरेका थिए, जसमा धेरै हिंसा भएको थियो । यसपछि अटाले पक्राउ परेका थिए । अटाले सन् २०१३ देखि जेलमा छन् । उनलाई सन् २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो । गत मे महिनामा भएको निर्वाचनमा अटाले विजयी भएका थिए । उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बने । यसपछि एर्दोगनको पार्टीले अटालेको संसदको सदस्यता खारेज गर्ने विधेयक ल्यायो । यो निर्णयलाई अदालतमा पुनरावेदन गरिएको थियो । अगस्ट १ मा, टर्कीको सर्वोच्च अदालतको निर्णय आयो जसमा संसदको निर्णयलाई उल्टाइएको थियो । अटाले फेरि सांसद बने । अदालतले उनको सांसदको रूपमा सबै अधिकारहरू पुनर्स्थापित गर्यो ।

अदालतले अटलेलाई जेलबाट रिहा गर्न पनि आदेश दिएको छ । वास्तवमा अटाले जेलमा रहेका कारण आफ्नो क्षेत्रमा काम गर्न नसकेको भन्दै अदालतमा निवेदन दिएका थिए । उनी आफ्नो संसदको कार्यकाल पूरा गरेपछि फेरि जेल जानेछन् । उनको मागलाई अदालतले स्वीकार गरेको छ ।

अदालतको यो निर्णयमाथि संसदमा बहस चलिरहेको थियो । अटालेको आफ्नै पार्टीका नेता अहमद सिकले भाषण दिइरहेका थिए । उनको भनाइले संसदमा हंगामा सुरु भयो । झडपका कारण संसदको बैठक अवरुद्ध भयो । तीन घन्टाभन्दा बढीको ब्रेकपछि बैठक पुनः सुरु भएको थियो । एर्दोगानको पार्टी विरुद्धको बयानका लागि स्पिकरले विपक्षी दलका नेता सिकलाई हप्काए । सभामुखले सिकमाथि आक्रमण गर्ने नेताहरुलाई पनि गाली गरे । झगडामा संलग्न दुवै सांसदलाई प्रतिबन्ध लगाउन भनिएको छ ।

मुख्य विपक्षी पार्टी सीएचपीका प्रमुख ओज्गुर ओजेलले हिंसाको निन्दा गरेका छन् । संसदमा यो सबै भइरहेको देख्दा आफूलाई लाज लागेको उनले बताए ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ११ : ५४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त