२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्रीद्वारा दशौं पटक मन्त्रिपरिषद् विस्तार, मन्त्री सुरेन्द्र आचार्यले लिए शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई आज महिला बालबालिकामन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास आयोजित कार्यक्रममा आचार्यले शपथ लिए हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उच्च सरकारी अधिकारी उपस्थित थिए।

कांग्रेसभित्र शेखर समुहका नेता आचार्य कपिलवस्तु क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
आचार्यले महिला मन्त्रालयको जिम्म पाएपछि यसअघि सो मन्त्रालय सम्हाल्दै आएका महिन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : २६ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति