१ असार २०८३, सोमबार | June 15, 2026

सुनको भाउ बढ्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने मूल्य स्थिर छ। यसअघि सोमबार प्रतितोला ३०० रुपैेयाँ बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : ५१ बजे

कार्यदलको सुझावअनुसार एमाले पुनर्गठन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

लुम्बिनी चेम्बरको प्रतिक्रिया : निजी क्षेत्रलाइ अपेक्षित बजेट आएन

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/०८४ का

अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि