४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारवाही हुने



काठमाडौं । सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारवाही हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तिजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरुको बिक्रीस्थलमा आफनो कम्पनीको नाम र दर रेटसहित मुल्यु सुची राखेर बिज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तिजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ बिपरित भएकाले त्यस्ता बिज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुटखा आदिका मुल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सुचनामा भनेको छ ।

सो सुचना अनुसार ‘यदि टाँस गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्योहोरा समेत यसै सुचनाद्वारा सबैमा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४७ बजे

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ