५ पुस २०८२, शनिबार | December 20, 2025

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नेपाली सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पनि आरोपित थिए ।

खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । उनलाई अहिले प्रहरी परिसर टेकु लगिएको छ । प्रहरीले आजै जडिबुटीबाट खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।

यसअघि पक्राउ परेका विचौलियाहरुले खाँणलाई पोलेका थिए । उनीहरुले खाँण पत्नी मञ्जु खाँणलाई ६ करोड र आरजु राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडियो यसअघि नै सार्वजनिक भैसकेको छ ।

यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : १० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र