५ श्रावण २०८३, मंगलबार | July 21, 2026

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्ने खाँणको सुझाव



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पससभा (अधिवेशन) को उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री खाँणले शिक्षा, सीप र रोजगारीलाई आपसमा जोड्ने नीति बनाउन सरकारलाई आग्रह गरे । उनले स्वदेशमा पढ्दै कमाउने वातावरण बनाउनुपर्ने भन्दै विदेशमा पढ्दै कमाउने अवसरका कारण विदेशी शिक्षामा विद्यार्थीको आकर्षण बढेको बताए ।

उनले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न सके विदेशी विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालमा पनि विदेशको जस्तै नीति लागू गरी विदेशी विश्वविद्यालय जस्तै यहाँ विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । त्यसका लागि छात्रवृत्तिको व्यवस्था गर्न सकिन्छ ।” उनले सूचना प्रविधि, पर्यटन, अनुसन्धान, उद्यमशीलता तथा रोजगारीलगायत क्षेत्रलाई शिक्षासँग एकीकृत गराउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : ५३ बजे

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको