३ पुस २०८२, बिहिबार | December 18, 2025

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्ला पनि प्रभावित नहोस् भनेका छन् ।

दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताउँदै उनले भने, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । र कुनै पनि भेटघाट पनि प्रभावित नहोस् । कुनै पनि दबाब र प्रभावले प्रभावित नहोस् ।’

अनुसन्धान फ्रि र फियर हुनुपर्ने र कुनै पनि दोषी छुट्न नहुने र निर्दाेष पर्न नहुने बताउँदै थापाले भने, ‘निर्दाेष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाइँको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको कामप्रति उनले धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ३२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका