४ पुस २०८२, शुक्रबार | December 20, 2025

टोपबहादुर रायमाझी एमाले सचिव पदबाट निलम्बित



काठमाडौं । नेकपा एमालेले टोपबहादुर रायमाझीलाई सचिव पदबाट निलम्बन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा परेका रायमाझीलाई एमालेले निलम्बन गरेको हो ।

आज कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि दबाबमा परेको एमालेले रायमाझीलाई निलम्बन गरेको हो । रायमाझीबारे एमाले केहीदिनदेखि मौन रहेको थियो ।

महासचिव शंकर पोखरेलले आज प्रेस विज्ञप्ति जारी गर्दै नक्कली शरणार्थी प्रकरणको अनुसन्धान र कानूनी कारवाहीको टुंगो नलाग्दासम्म रायमाझीलाई निलम्बन गरेको जनाएका छन् ।

महासचिव पोखरेलले यसअघि राज्यका निकायमा उपस्थित भै अनुसन्धानलाई सघाउन पार्टी नेतृत्व समक्ष सहमति जनाएपनि नेतृत्वको विश्वास विपरित उनी उपस्थित नभएको जनाएका छन् ।

रायमाझी विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको