२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लागुऔषधसहित ६ जना पक्राउ



काठमाडौं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्बू राईलाई अवैध लागुऔषध गाँजा १७ केजीसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागुऔषध गाँजा २ केजीसहित सुखिपुर नगरपालिका-८ बजार बस्ने ४० वर्षीय पहलाद राय अमातलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका-९ बनबसाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित भजनी नगरपालिका-३ ढुषी बस्ने २२ वर्षीय रन्जित पौडेलसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ रिछाहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र सानो तराजु १ थानसहित बेलौरी नगरपालिका-३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८४ मिलिग्रामसहित झापा मेची नगरपालिका-१ बस्ने २९ वर्षीय आशिष सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,