काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।
बुधबार बिहान पक्राउ परेका खाँणलाई काठमाडौं जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
म्याद थपका लागि अदालत लानुअघि प्रहरीले खाँणलाई काठमाडौं प्रहरी परिसरमा राखेर ५ घण्टा लामो बयान लिएको थियो भने त्यसपछि कान्तिपुर अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो । प्रहरीले खाँणका पीए नरेन्द्र केसीको पनि म्याद थपको अनुमति पाएको छ ।



















प्रतिक्रिया