२९ भदौ २०८३, सोमबार | September 14, 2026

एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक



काठमाडौं । इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो ।

बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २-० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात ११ औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए ।

पहिलो हाफमा नै २-० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन । दुवैतर्फवाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर बिजयी भयो ।

यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ ।
 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ८ : ०६ बजे

थारू समुदायमा अट्वारीको रौनक

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध