१३ असार २०८३, शनिबार | June 27, 2026

सरकारले संसद अधिवेशन अन्त्यपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित, दुई अध्यक्षबीच छलफलको तयारी



काठमाडौं । गत मंगलबारदेखि नाटकीय रुपमा तिब्र अन्तसंघर्ष बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र थप तरङ्ग उत्पन्न भएको छ ।

सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहीबार मध्यान्न बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपतिले बिहीबारै साँझ ५ बजेदेखि अधिवेशन अन्त्य गरिसकेकी छिन् ।

मन्त्रिपरिषद् बैठक लगत्तै सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए । बैठक सुरु भएको केही समयसम्म ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष प्रचण्डले बैठक केही बेरका लागि स्थगित गरेका थिए ।

अब बैठक द्ई अध्यक्षबीच छलफल भएपछि मात्र बस्नेछ ।

आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड–नेपाल गुटको निर्णयपछि मर्माहत भएका ओलीले संसदको अधिवेशन अन्त्य गरिदिएर फायर खोलेपछि स्थायी कमिटी बैठक समेत प्रभावित बन्न पुगेको हो ।

आफुलाई कमजोर हुनेगरी गरिने निर्णयहरुलाई कमजोर बनाउन ओलीले अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ ।

नेकपा स्थायी कमिटी बैठकले बुहमतले निर्णय गरेर पार्टी अध्यक्षबाट हट्न दबाब दिए पनि ओलीले त्यसलाई अस्वीकार गर्नेगरी नयाँ रणनीति बनाउन समय प्राप्त गरेका छन् ।

कसैगरी केन्द्रीय कमिटी बैठकले समेत ओलीले निर्णय गरेमा पनि संवैधानिक प्रावधान अनुसार ओलीलाई संसदीय दलबाट हटाउन सहज अवस्था छैन । यदि संसदीय दलमा पुनः निर्वाचन गर्ने अवस्था आयो भने ओलीले ल्याउन लागेको भनिएको संभावित दल विभाजनसम्बन्धी अध्यादेशले नेकपा नै फुटाइदिने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  २ : ५९ बजे

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले