३० श्रावण २०८३, शनिबार | August 15, 2026

पदाधिकारी बैठकअघि देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

पार्टीको पदाधिकारी बैठकअघि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउपरेपछि तनाबमा रहेका देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । सो बैठकले खाँणलाई निलम्बन गर्ने या नगर्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ । बुधबार बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।

देउवाले पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।

तर, सो भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण बुधबार पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  २ : ०४ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।