१३ असार २०८३, शनिबार | June 27, 2026

२४ घण्टामा थपिए ४७३ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए २८ जना



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्रै २८ जना संक्रमित थपिएका छन् ।

बिहीबार संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

यससँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ८३ महिला र १२ हजार ६ सय ३६ पुरुष रहेका छन् ।

यसैबीच, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ४ : ३६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट