११ भदौ २०८३, बिहिबार | August 28, 2026

भारतबाट नेपाल आउने घटे



धनगढी । कैलालीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट एक सातामा दुई हजार ५१६ जना नेपाली नागरिक भित्रिएका छन् भने ७३७ भारतीय बाहिरिएका छन् ।

लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् ।

कैलालीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट एक सातामा दुई हजार ५१६ जना नेपाली नागरिक भित्रिएका छन् भने ७३७ भारतीय बाहिरिएका छन् ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार असार ११ गतेदेखि १७ गतेसम्म उक्त सङ्ख्यामा नेपाली भित्रिएका हुन् । प्रहरी निरीक्षक जगदिशसिंह डाँगाले जेठ २३ गते सबैभन्दा बढी छ हजार चार ४९९ नेपाली भित्रिएकोमा विस्तारै घट्दैगएको बताउनुभयो ।

उहाले पछिल्लो एक सातामा महेन्द्रनगरको गड्डाचौकी नाका भएर एक हजार पचास नेपाली भित्रिएका र ३०४ भारतीय बाहिरिएको बताउनुभयो ।

त्यसैगरी, कैलालीको गड्डाचौकी नाकाबाट एक हजार ४६६ नेपाली भित्रिनुका साथै ४३३ भारतीय नागरिक बाहिरिएका छन् । अझै पनि १५० को हाराहारीमा नेपाली आउने क्रम रोकिएको छैन ।

सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुल्ला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख २२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या करिब १८ हजार पुगेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ४७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि