२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

पाल्पाको आरखोदी खोलामा बेपत्ता युवक मृत भेटिए



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका ३२ वर्षीय भुपाल सुनारी पानीले बगाउँदा बेपत्ता भएका थिए । उनी सोमबार मृत फेला परेका हुन् ।

उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा खोलमा ढुंगाको खोंचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी चौकीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ५७ बजे

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा