७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पाल्पाको आरखोदी खोलामा बेपत्ता युवक मृत भेटिए



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका ३२ वर्षीय भुपाल सुनारी पानीले बगाउँदा बेपत्ता भएका थिए । उनी सोमबार मृत फेला परेका हुन् ।

उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा खोलमा ढुंगाको खोंचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी चौकीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ५७ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा