२२ मंसिर २०८२, सोमबार | December 8, 2025

धरानका मेयरको विरोधमा पत्रकारको आन्दोलन जारी, आज पुर्वमेयरहरु सँग अन्तरक्रिया गर्दै



धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिव्यक्ति र अशोभनिय क्रियाकलापको विरुद्धमा पत्रकारहरु मैदानमा उत्रेका छन् ।

मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिव्यत्ति अशोभनिय भएको भन्दै आन्दोलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले आज धरानका पुर्व मेयरहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । सोमबार उनीहरुले मेयर साम्पाङको विरोध स्वरुप मौन जुलुस निकालेका थिए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी प्रमुख राईले पटक पटक पत्रकारहरूलाई गालीगलौज तथा सञ्चार क्षेत्रमाथि आक्रमण प्रयास गरेको पछि बाध्य भएर विरोधमा मौन जुलुस प्रदर्शन गर्नु परेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए । उनका अनुसार मेयर राईले आफनो अभिव्यक्ति नसच्चाएसम्म तथा प्रेस स्वतन्त्रता प्रति लिखित प्रतिवद्धता नजनाएसम्म आन्दोलन जारी रहने छ  ।

राईका कारण सुनसरीका पत्रकारहरू असुरक्षित हुन पुगेको भन्दै सांकेतिक स्वरुप सोमबार नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका थिए । सो अघि भानु चोकबाट छाता चोक, चतराइन हुँदै धरान उपमहानगरपालिकाको गेटसम्म प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

धरानका मेयर साम्पाङको अशभोभनिय क्रियाकलाप र अभिव्यक्तिका कारण गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : ०५ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण