बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्वाचित भएका छन् । आइतबार सम्पन्न समाजको २७ औँ साधारणसभा तथा अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा कृष्ण पाण्डे, सचिवमा लिलाधर लुइँटेल, सहसचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनलाल न्यौपाने चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा अर्जुन कुँवर, विष्णु शर्मा भट्टराई, दिनेश सुवेदी, उमा देवकोटा, कल्पना रसाइली, सीता पोखरेल र गंगा गैरे चयन भएका छन् ।
साधारणसभा तथा अधिवेशनमा बोल्दै समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले मानव अधिकार तथा शान्ति समाजले विधिको शासनको पक्षमा रहेर साझा अभियान सञ्चालन गर्दै आएको बताइन् । उनले मानव अधिकार, लोकतन्त्र र शान्तिका पक्षमा समाजले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरिन् ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष गोविन्द खनालले वर्तमान सरकार विधिको शासनको मर्मविपरीत अघि बढ्न खोजेको देखिएको टिप्पणी गरे । उनले राज्य सञ्चालनमा विधिको शासनको पालना हुनुपर्नेमा जोड दिए ।
















प्रतिक्रिया