३१ असार २०८३, बुधबार | July 15, 2026

गुल्मीमा पहिरो खस्दा १ जनको मृत्यु, २ बेपत्ता र ४ जना गम्भिर घाईते



गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् । पहिरो कै कारण दुई जना बेपत्ता भएका छन् । गयराती पहिरो खस्दा गुल्मी इस्मा गाउँपालिकाको १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत अवस्थामा फेला परेका हुन् ।

मृतक सिजन सारुकी आमा सृजना सारु पनि अचेत छन् । बुवा बसन्त सारु भने सामान्य घाइते छन् । घर माथिबाट एक्कासी आएको पहिरोले घर बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै पहिरोले हस्तीचौरकै रिख बहादुर खत्रीको घर बगाएको छ । पहिरोमा पुरिएर खत्रीको ७ बर्षकी अपेक्षा खत्री बेपत्ता भएकी छन् भने श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ ।

पहिरोमा परेका खत्रीको हजुरआमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ०७ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा