४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

दासढुङ्गामा मदन-आश्रितप्रति श्रद्धाञ्जली



चितवन । नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई एमालेले प्रमुख कार्यदिशा बनाएर अघि बढेको बताउँदै यसबाट विचलित नहुने धारणा राखे। “हाम्रो अभियानलाई अघि बढाउँदै गर्दा हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमीहरु पनि रहेका छन्”, उनले भने, “त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौँ, हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौँ ।”

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताए । सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता तथा कार्यकर्ताले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।

विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको वि।सं २०६० मा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १२ : ३४ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन