२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा जेठ ६ र ७ गते प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने



बुटवल । बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । सरकारले पार्क सम्बन्धी नीति र कानुन प्रष्ट हुनुपर्ने विषय उठान गर्दै यहीँ जेठ ६ र ७ गते बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा २ दिन पार्क सम्मेलन हुन लागेको हो ।

पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागेको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक खेमप्रसाद लुइटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधान खोज्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका लुईटेलले सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागी हुने र पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए । उनले देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएको र पर्यटनको आधार स्तम्भ पार्कहरु भएकाले कानुनी र नीतिगतरुपमा सम्बोधनका लागि सम्मेलनले राज्यका सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने बताए ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गर्ने र त्यसमाथि छलफल हुने अध्यक्ष लुइटेलले बताए । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरुको ठूलो भूमिका र योगदान भएपनि हालसम्म राज्यले कानुनी र नीतिगत रुपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानुन र नीति निर्माणमा सम्मेलनले दबाव दिने बताए ।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्न्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउन सम्मेलनले भूमिका खेल्ने अध्यक्ष शर्माले बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ३० लाख खर्च हुने आयोजकले जनाएका छन् । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव एवं मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को व्यवस्थापन सम्मेलन हुन लागेको हो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ३ : २४ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले