३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलमा जेठ ६ र ७ गते प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने



बुटवल । बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । सरकारले पार्क सम्बन्धी नीति र कानुन प्रष्ट हुनुपर्ने विषय उठान गर्दै यहीँ जेठ ६ र ७ गते बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा २ दिन पार्क सम्मेलन हुन लागेको हो ।

पार्कहरुले भोग्नुपरेका कानुनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागेको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक खेमप्रसाद लुइटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरुको विकास र संरक्षणमा समस्या देखिएकाले नीतिगत तहमा समाधान खोज्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका लुईटेलले सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागी हुने र पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए । उनले देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएको र पर्यटनको आधार स्तम्भ पार्कहरु भएकाले कानुनी र नीतिगतरुपमा सम्बोधनका लागि सम्मेलनले राज्यका सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने बताए ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गर्ने र त्यसमाथि छलफल हुने अध्यक्ष लुइटेलले बताए । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरुको ठूलो भूमिका र योगदान भएपनि हालसम्म राज्यले कानुनी र नीतिगत रुपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानुन र नीति निर्माणमा सम्मेलनले दबाव दिने बताए ।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्न्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउन सम्मेलनले भूमिका खेल्ने अध्यक्ष शर्माले बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ३० लाख खर्च हुने आयोजकले जनाएका छन् । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव एवं मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को व्यवस्थापन सम्मेलन हुन लागेको हो ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ३ : २४ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर