३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव



बेनी । चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीको बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ ।

म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई सङ्कलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । तर कुण्ड परिसरमा पूर्वाधारको अभाव भएपछि समस्या भएको छ । धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रुपमा रहेको जेल्टुङ गाउँ नजिकै रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटक पुग्ने गरेका छन् । कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वास गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार, गत पुसदेखि यता कुण्डमा दुई सय २० जना बढीले नियमित स्नान गरी विभिन्न रोगको उपचार गराएका छन् । बगर र जेल्टुङ गाउँका स्थानीय ४० र अन्य एक सय ८० जनाले कुण्डमा पुगेर स्नान गरी उपचार गराएका हुन् । पछिल्लो समय कुण्डको प्रचारप्रसारले स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । पदमार्गबाट म्याग्दी नदी तरेर कुण्डमा जान पुलको अभावले सर्वसाधारणलाई सास्ती भएको छ । उनीहरु जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् ।

कुण्डमा आवतजावत गर्न झोलुङ्गे पुल नहुँदा नदीमाथि अस्थायी साँघु बनाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका सचिव आस्मन पुर्जाले बताए । पुल निर्माणको लागि पटक पटक विभिन्न निकायमा माग पेश गरेको भए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

“पर्यटकको आकर्षणको रुपमा रहेको तातोपानीमा सहजरुपमा आवतजावत गर्ने सुविधा छैन, नियमितरुपमा उपचारका लागि स्नान गर्न आउने बिरामीलाई समेत बसोबासको लागि पूर्वाधार बन्न सकेको छैन”, पुर्जाले भने ।

केही वर्षअघि धौलागिरि गाउँपालिकाले पर्यटक र बिरामीको सुविधाका लागि निर्माण गरेको आश्रयस्थल भवनको पूर्वाधारसमेत पहिरोले क्षति पु¥याएपछि अहिले यस कुण्डमा नियमितरुपमा स्नान गर्ने त्रिपाल टाँगेर बस्ने गरेका छन् । यस कुण्डमा लामो समय स्नान गर्नेबाट प्रतिव्यक्ति रु दुई सय शुल्क लिने गरिएको छ । उक्त रकमलाई कुण्डको वारपार गर्न हरेक वर्ष साँघु निर्माण गर्नेलगायतका कार्यमा परिचालन गरिँदै आएको छ ।

यस कुण्डमा रोग निको हुने विश्वासले मुदी, मुना, ताकम, मराङ, देवीस्थानलगायतका गाउँबाट सर्वसाधरण स्नान गर्न पुग्ने गर्दछन् । सुविधाजनक पूर्वाधार नहुँदासमेत उपचारका लागि आउनेको सङ्ख्या बढेपछि यहाँका स्थानीयले पूर्वाधार निर्माणमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । गाउँपालिका र अन्य निकायमा पटक पटक कुण्डको संरक्षण तथा पूर्वाधार निर्माण सम्बन्धमा जानकारी गराए पनि उचित सम्बोधन नभएको स्थानीयवासीको गुनासो छ ।

मुदीगाउँदेखि एकदिनको पैदल यात्रापछि यहाँपुग्न सकिन्छ । कहालीलाग्दो भिरपहरामा खोपेर निर्माण गरिएको पदमार्ग हुँदै भीरपाखा, खोला, झरना र विभिन्न वन्यजन्तुको अवलोकन गर्दै अन्तिम मानबबस्ती बगर पुग्न सकिन्छ । बगर गाउँदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ । धौलागिरि हिमाल आरोहण गर्ने पर्यटकले तातोपानीमा डुबुल्की मारेर थकान मेटाउने गर्दछन् । कुण्डसँगै रहेको सुन्दर झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

म्याग्दीमा बेनी नगरपालिका-४ सिंगा तातोपानी, धौलागिरि गाउँपालिका-१ गुर्जा तातोपानी, धौलागिरि-४ मुदी बगर तातोपानी, अन्नपूर्ण गाउँपालिका-१ दोवा तातोपानी, अन्नपूर्ण-२ भुरुङ तातोपानी, अन्नपूर्ण-५ पाउद्वार तातोपानी र अन्नपूर्ण-६ रातोपानीमा प्राकृतिक तातोपानीका मूल छन् । दर्जन बढी स्थानमा तातोपानीका मूल रहे पनि अहिले आठ ठाउँमा व्यवस्थित तातोपानीका कुण्ड बनाएर विभिन्न रोगको उपचार र पर्यटकको थकान मेटाउने कुण्ड सञ्चालनमा छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ११ : ४१ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६