१ आश्विन २०८३, बिहिबार | September 17, 2026

विराटनगरमा व्यापारीमाथि खुकुरी प्रहार



विराटनगर । विराटनगरमा एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

उनलाई विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । ट्राफिक चोक नजिकै खुकुरी प्रहार हुँदा रायको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते रायलाई उपचार गर्न विराट नर्सिङ होममा भर्ना गरिएको छ । राय जोगबनीमा किराना पसल सञ्चालन गर्छन् । खुकुरी प्रहार गर्ने कामतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ५ : ५२ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको