१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

नेपाटपले सुरु गर्यो ढल निकास प्रयोजनको लागि डिडब्लुसी पाईपको उत्पादन



काठमाडौ । विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डिडब्लुसी पाईपको उत्पादन शुरु गरेको छ ।

भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडीबाट सफल भएको डिजायन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिज प्रा.लि., पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डिडब्लुसी पाईपको उत्पादन शुरु गरेको हो ।

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन शुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजायनको परिधिभित्र रही १०० मि.मि. देखी १२०० मि.मि. गोलाईका पाईप उत्पादन गरिरहेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडी पारित गरेको डिडब्लुसी पाईपको मापदण्ड ने.गु.नं. ५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।

विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजायन एवं प्रविधियुक्त पाईप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछी भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ ।

विगतमा प्रयोगमा आईरहेको कंक्रिट ढल पाईप को तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाईपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतया जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाईपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनौट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरुको कारण कम्पनीका अन्य उत्पादनहरु जस्तै यो उत्पादन पनी उपभोक्तहरुको पहिलो रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत सदैव सेवा दिंदै आईरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठुला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरुका लागि समेत डिडब्लुसी पाईप उत्कृष्ट हुने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : १७ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary