काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको हो ।
सरकार पक्षबाट प्रधानमन्त्रीले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गरेको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस भएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्मका नागरिक उन्मुक्ति पार्टीले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
हेर्नुहोस् नागरिक उन्मुक्ति पार्टीको विज्ञप्ति :




















प्रतिक्रिया