२० भदौ २०८३, शनिबार | September 5, 2026

चलचित्र पत्रकार संघको स्थापना : एन बी चलचित्र पत्रकारिताबाट शर्मा र नवोदित चलचित्र पत्रकारिताबाट कुँवर सम्मानित



बुटवल । चलचित्र पत्रकार संघको २४ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले २ जना पत्रकारलाई सम्मान गरेको छ ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय पत्रकार एन बी कंडेलको स्मृतिमा एन बी चलचित्र पत्रकारिता पुरष्कार तथा नवोदित चलचित्र पत्रकारिता पुरष्कार संघले प्रदान गरेको हो ।

नेपाली चलचित्रहरुमा सयौ गीतमा स्वर दिएकी गायिका देविका बन्दनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वर्गिय पत्रकार एनबी कंडेलकी श्रीमती मञ्जु कंडेलको हातबाट लामो समयदेखी कला मनोरंजन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार टोपराज शर्मा (टीआर)लाई एनबी चलचित्र पत्रकारिता पुरष्कार २०७९ बाट नगद रु १० हजार सहित सम्मान गरिएको थियो ।

त्यस्तै नवोदित चलचित्र पत्रकारिता पुरष्कारबाट नगद रु ५ हजार सहित खस्यौली साप्ताहिकका सम्पादक बिरेन्द्र कुवरलाई संघका अध्यक्ष मोहन न्यौपाने, प्रमुख अतिथि गायिका देविका बन्दना र विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थ सम्मान गरिएको थियो ।

नेपाली चलचित्रमा गीत गाएदेखी पछाडी फर्केर हेर्नु नपरेको इतिहास सम्झिदै प्रमुख अतिथी गायिका बन्दनाले चलचित्र पत्रकार र कलाकार र त्यस संग सम्बन्धित गायक गायिका संगीतकार तथा प्राबिधिकको सम्बन्ध नङ र मासुको भएको बताइन । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी बन्दनाले सम्मान हुने सबैलाई बधाई दिदै यस्तो सम्मानले पत्रकार र कलाकारको सम्बन्ध झन् नजिक हुने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपाल, जनपत्रकार संगठनका बिनोद खनाल, विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, निबर्तमान अध्यक्ष सुमन श्रेष्ठ, सल्लाहकार मनिष पन्थ लगायतले पुरष्कृत हुने पत्रकारद्वयलाई बधाई दिदै चलचित्र पत्रकार संघ रुपन्देहीले गरेको सम्मानले समग्र कला मनोरंजनको क्षेत्रमा पत्रकारलाई लेख्न प्रेरणा दिएको बताएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ५ : ०९ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २