५ पुस २०८२, शनिबार | December 20, 2025

आर्सनल हारेपछि तीन खेल अघि नै म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन



काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा नोटिङ्घम फरेस्टसँग १-० गोलको नतिजामा आर्सनल पराजित भएसँगै म्यानचेस्टर सिटी तीन खेल अघि नै च्याम्पियन बनेको छ।

फरेस्टको मैदानमा भएको खेलको १९ औं मिनेटमा ताइवो आवोनियीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । आर्सनलका कप्तान मार्टिन ओडिगार्डले दिएको पास फरेस्टका गिब्स ह्वाइटको खुट्टामा पुगेको थियो । उनले बक्समा गरेको क्रसमा आर्सनलका डिफेन्डर गाब्रियलले ट्याकलमार्फत क्लियर गर्न खोजेका थिए । तर, फरवार्ड आवोनियीलाई लागेर गोलमा परिणत भएपछि आर्सनल पछि परेको थियो । बाँकी समयमा गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा आर्सनल उपाधि होडबाट बाहिरियो ।

जितसँगै फरेस्ट ३७ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको १६ औं स्थानमा उक्लिएको छ । महत्वपूर्ण तीन अंक जोडेसँगै फरेस्ट रेलिगेसनबाट पनि जोगिएको छ । समान खेलबाट ८१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । लामो समय लिग लिडर रहेको आर्सनल पछिल्ला पाँचमध्ये तीन खेलमा पराजित भएपछि उपाधि सिटीले जितेको हो । लिगमा तीन खेल खेल्न बाँकी सिटीको ३५ खेलबाट ८५ अंक छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ६ : ५० बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य