५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवल्दार घाइते



विराटनगर । गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन् । भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन ।

विराटनगर महानगरपालिका-१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङ प्रहरीका डीएसपी एवम प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार गाँजा फ्यालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन् ।

उनको कोशी अस्पतालमा उपचार भईरहेको छ । उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भए पनि सो घटनामा संलग्नहरु भने फरार हुन सफल भएका छन । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ८ : ३६ बजे

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन