१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रभु इन्स्योरेन्सको साधारणसभा जेठ २६ गते बस्ने



काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ २६ गते गर्ने भएको छ ।

कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ । कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ । सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ९।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५१५८ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने, सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु सभाले स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ९ : ४६ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत