३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बागमतीमा ६ नवनियुक्त मन्त्रीहरुले लिए शपथ



हेटौंडा । बागमती प्रदेशमा ६ नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन ।

नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिएका छन ।

यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसकेका छन ।

यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए । शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ४ : २४ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर