१३ असार २०८३, शनिबार | June 27, 2026

नेपाल कम्युनिष्ट पार्टी [नेकपा]को स्थायी कमिटीको बैठक २२ गते सम्मका लागि स्थगित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षका बिच सहमति जुट्न नसकेपछि २२ गते सम्मकम लागि स्थायी कमिटी बैठक स्थगित भएको छ ।

दुई अध्यक्षले सहमति गरेर आज बैठक बस्ने भनिएपनि अध्यक्ष द्वयको दुई दिनको छलफलले निकास दिन नसकेपछि बैठक स्थगित भएको बताईएको छ ।
नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

यस अघिको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सरकार ढाल्न भारतले भुमिका खेलेको सार्वजानिक कार्यक्रममा बेलेपछि त्यसको आधार प्रमाण खोज्दै बैठकमा नयां एजेण्डा थपिएको थियो । स्थायी समितिका अधिकांस सदस्यहरुले प्रधानमन्त्रीको राजिनामा र अध्यक्षबाट समेत हट्नु पर्ने माग गरेपछि पार्टीमा विवाद चरम उत्सर्गमा पुगेको थियो । प्रधानमन्त्रीले दुबै पद नछाड्ने अडान लिंदै स्थायी समितिलाई नै चुनौती दिने गरि संसद बैठक अन्त्यको बाटो अंगालेपछि विवाद अझै बढेको थियो ।

पार्टी एकतालाई बचाउन ओली निकट र पार्टीका युवा नेताहरुका बिच पटक पटक छलफल भएपनि पार्टीमा सहमतिको बिन्दु नभेटिएपछि पार्टी एकता नै संकटमा पर्ने अवस्था सिर्जना भएको आंकलन गरिएको छ ।

नेकपामा प्रधानमन्त्रीले पार्टीले सरकारलाई सहयोग नगरेको आरोप लगाउंदै आएका छन् भने माधव नेपाल र प्रचण्ड सहितका नेताहरुले पार्टी र संगठनलाई प्रधानमन्त्रीले बेवास्ता गरेको, एकल निर्णयमा चल्न खोजेको आरोप लगाउंदै आएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १० : २८ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट