६ श्रावण २०८३, बुधबार | July 22, 2026

थ्रीस्टार हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो ।  आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आइपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविसका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ ९साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस० का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ८ : १९ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको