१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

‘खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन’



काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू-स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते उक्त सम्मेलन आयोजना गर्न लागिएको दिइएको हो ।

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा हुन लागेको उक्त सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव र बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति गठन गरिएको छ । सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन् ।

यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाट गर्ने तय भएको छ । सो सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए ।

खड्काका अनुसार समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सङ्घीय संसद्का सांसद, प्रदेश सरकारका मन्त्री, सांसद, पूर्वसांसद, सुरक्षा निकाय, सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी, संस्कृतिकर्मी, कला तथा साहित्यकर्मी, निजी क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिलगायत रहेका छन् । उक्त सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा छ । खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, अध्यात्मिकलगायत दृष्टिले महत्वपूर्ण रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनदेखि खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने मुख्यमन्त्री शाह बताउँछन । खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए । सो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । यहाँ विभिन्न जडीबुटी पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको उक्त क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न लागिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष सिंहले बताए । उनले भने, “सुदूरपश्चिम देवभूमि र तपोभूमिका रुपमा सदियौँदेखि परिचित छ भन्ने सन्देश दिन यो सम्मेलन गर्न लागिएको हो ।”

सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्ग पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था रहेको छ भने त्यहाँबाट पैदल खप्तड पुगिन्छ । झिग्रानासम्म सडक पुगेको भए पनि त्यसपछि झण्डै एक दिनको पैदलयात्रापछि मात्र खप्तड पुगिन्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ४ : २० बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ