३ पुस २०८२, बिहिबार | December 18, 2025

नियमित विद्युत आपुर्तिको अभावमा कर्णालीमा संचालनमा रहेका कोल्ड स्टोर बन्द हुन थाले



सुर्खेत । विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अधिक विद्युत उत्पादनका कारण विद्युत खपत नभएको गफ दिईरहँदा कर्णाली प्रदेशमा संचालनमा रहेको एउटा चिस्यान केन्द्र (कोल्डस्टोर) पर्याप्त विद्युत आपुर्ति हुन नसक्दा बन्द हुन पुगेको छ । सुर्खेतको भेरीगङ्गामा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् अभावले बन्द भएको हो ।

दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको दुई वर्ष जेनतेन चलेको भएपनि लगातारको विद्युत सप्लाईको अनियमितता र लो भोल्टेजका कारण बन्द हुन पुगेको हो । आर्थिक वर्ष २०७३।७४ देखि निर्माण शुरु गरिएको कोल्ड स्टोर आव २०७७/७८ बाट आंशिक सञ्चालनमा ल्याइएको थियो । तीन करोड लगानीमा निर्माण गरिएको चिस्यान केन्द्र विद्युत् आपूर्ति सहज नहुँदा बन्द भएको साना किसान कोल्ड स्टोरकी अध्यक्ष ज्ञानु भुसालले जानकारी दिएकी छन् ।

कोल्ड स्टोर सञ्चालनमा आएसँगै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख र रुकुमका किसानहरु खुसी भएका थिए । तर, चिस्यान केन्द्रमा राखिएका तरकारी तथा फलफुलहरु लो भोल्टेजले मसिन नचलेपछि कुहिन थालको किसानहरुको गुनासो छ । विद्युत् नियमित नहुँदा स्टोरमा राखेको सुन्तला कुहिएर गएको प्रालिका सञ्चालक दलबहादुर शाहले बताए । उनका अनुसार स्टोरमा किवी र सुन्तला राखिएको थियो ।

विद्युत् नियमित नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न हम्मेहम्मे भइरहेको शाहीले बताए । जेनेरेटरबाट सम्भव छैन । किसानले राम्रो मूल्य पाउने आसमा स्टोरमा राख्छन् तर कुहिएर जान्छ । शाहीले भने, विद्युत्का कारण स्टोर सञ्चालनमा समस्या भएको शाहीले बताए ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजमएफपी), नारी जागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको लगानीमा उक्त कोल्ड स्टोर सञ्चालन गरिएको थियो । विद्युतको अनियमितताका कारण उता रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ मा सञ्चालित कर्णाली डेबरेज चिस्यान केन्द्र सञ्चालनमा पनि कठिनाइ भएको छ ।

कर्णाली डेबरेज इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित कोल्ड स्टोर चालु आर्थिक वर्षदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रालिको ५०/५० प्रतिशत अनुदानमा कोल्ड स्टोर सञ्चालन गरिएको हो । मन्त्रालयको ५० लाख र प्रालिको ५० लाख लागतमा स्टोर सञ्चालन गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीमा ठूला दुई सय मेट्रिक टन क्षमताका चार वटा कोल्ड स्टोर सञ्चालन गरिएको जनाएको छ । संचालनमा आएका कोल्ड स्टोरहरु पनि विद्युतका कारण सफल हुन नसकेपछि मन्त्रालयले १३२ केभिए विद्युत् प्रसारण लाइन नहुँदासम्मका लागि मन्त्रालयले नयाँ थप कोल्ड स्टोर निर्माण नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले विद्युत् आपूर्ति सहज नहुँदा कोल्ड स्टोर सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए ।

उनले भने, “प्रदेशमा ठूला कोल्ड स्टोर चार वटा छन् । नयाँ वीरेन्द्रनगरमा निर्माणको क्रममा छ । विद्युत्को भोल्टेज नपुग्दा फलफूल तथा तरकारी कुहिने र किसानलाई लाभ हुनुभन्दा घाटा हुने गरेको छ ।” मन्त्रालयले १३२ केभिए प्रसारण सुरु नहुँदासम्म नयाँ कोल्ड स्टोरका कार्यक्रममा अनुदान नदिने जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : ५७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका