२० मंसिर २०८२, शनिबार | December 6, 2025

लकडाउनसंगै मनोरोगी बढ्दै : डा मनोज ढुगाना



बुटवल । लामो समयको लक डाउनसंगै एकान्तबासको कारण मानिसमा मनोरोगको समस्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा मनोज ढुगानाले बताएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय २९ औ नियमित मिटिङको अवसरमा गरिएको अन्तरक्रियामा उनले नेपाली समाजले शारिरिक समस्यामात्र रोगका रुपमा लिने गरेको भन्दै उनले मानसिक समस्याबारे अनविज्ञ हुदा यसले वर्षेनी ठुलो मानविय क्षति गर्ने गरेको बताए । विश्व स्वस्थ्य संगठनको परिभाषामा मानिस शारिरिक, मानसिक, आर्थिक–सामाजिक रुपमा स्वस्थ्य र चेतनसिल भएमात्र स्वस्थ्य मानिने हुदा अहिले लक डाउनमा सबै मानिस अस्वस्थ भएको उनको दाबी छ ।

एउटा ब्यक्तिलाई शारिरीक रुपमा विभिन्न रोगहरुसंग मिल्ने लक्षणहरु हुने तर परिक्षणपछि कुनै समस्या देखिदैन भने त्यस अवस्थामा मानसिक समस्या हुन सक्ने सम्भावना बढी रहने उनले बताए । अहिले समाजमा डिप्रेसन, आत्महत्या र विक्षिप्त जस्ता समस्याहरु देखिएको भन्दै उनले ब्यक्तिको लवाई खुवाई, बोलिचाली, ब्यवहार र विचार, भावना, बुद्धि–विबेक, आईक्यु, स्मरणशक्ति, मुल्याकन, चेतनामा तलमाथि भए वा नियन्त्रण भन्दा बाहिर हुदा मानसिक समस्या देखिने उनले बताए ।

दैनिकी ब्रिगिएकै कारण यसले कार्यसम्पादनमा दुईहप्ता बढि समय नकारात्मक प्रभाव परेको खण्डमा त्यो अवस्थामा मानसिक समस्या मानिन्छ । आत्महत्या गर्नेमध्ये ८० प्रतिसत मानसिक समस्या जुन ड्रिप्रेसनको कारण हुने गरेको उनले बताए । मानिसका दैनिक काम अर्धचेतन अवस्थामा पनि रुटिनमा हुने भन्दै उनले मादक पदार्थ सेवन गरेको खण्डमा शारिर आफै कार्यसम्पादन गर्ने तर निर्णय लिनुपर्ने अवस्थामा सडक दुर्घटना हुने उनले बताए ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले समाजमा घटेका समस्याका विषयबस्तुलाई उठान गरेर सचेतना, अन्तरक्रिया लगायतका कार्यक्रमहरु चलाउने बताए । सन २०१२ मा स्थापना भएको क्लब ९ वर्षको छोटो अवधिमा समाजमा फरक परिचय बनाएको उनले दाबी गरे । क्लबमा आवद्घ सदस्यहरुबिच भाईचाराको सम्बन्धसंगै सामाजिक योगदान र व्यापार ब्यवसायमा सहकार्य हुने उनले बताए ।

कार्यक्रममा आरआई डिष्ट्रिक ३२९२, नेपाल–भुटान जोन १९ का एजी खिमानन्द भुषाल, निवर्तमान कृष्ण प्रसाद शर्मा, पुर्वअध्यक्ष नवीन श्रेष्ठ, सल्लाहकार रमेश खनाल, पुर्व अध्यक्ष बालकृष्ण अर्याल विश्वास, प्रतिवद्धता, सहभागिता, खुशी मिलाएर संगठनात्मक रुपमा समाज परिवर्तन गर्न सकिने बताए । आगामी दिनमा ग्लोबल ग्राण्ड मार्फत रचनात्मक कार्यक्रम गर्ने समेत उनीहरुले बताए । क्लबमा प्रवेश गरेका नया सदस्यहरुलाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : १९ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ