८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति, अवरुद्ध संसद खुल्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध गरेको संसद खुलाउन संसदका प्रमुख तीन दलबीच सहमति भएको छ ।

पशुपतिनाथमा चढाइएको जलहरी सुन प्रकरणमा सत्तारुढ दलका सांसद लेखनाथ दाहालले बोलेको कुरा संसदीय रेकर्डबाट हटाउने सहमति भएको छ । यसका साथै एमालेले अब संसद अवरुद्ध नगर्ने प्रतिवद्धता जनाएको छ ।

सांसद दाहालले नीति तथा कार्यक्रमको बचाउ गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको पालामा पशुपतिमा जलहरी बनाउन खरिद गरिएको सुनमा हेराफेरी भएको र पित्तल मिसाईएको लगाएतका विषय सहित अन्य भ्रष्टाचारको विषयमा नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए । त्यसपछि एमालेले आफ्ना अध्यक्षमाथि सत्तापक्षले आरोप लगाएको भन्दै त्यसमा माफी नमागेसम्म संसद चल्न नदिने भन्दै हिजोको बैठक अवरुद्ध गरेको थियो । हिजो प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

बैठकमा जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग रहेकाले पूर्वप्रधानमन्त्रीसँग यसको सम्बन्ध नरहेको कुरा प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका थिए । प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्दा यस विषयमा सरकारको धारणा राख्ने भएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ११ : १५ बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम