२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानमन्त्रीको भारत भ्रमणअघि चिनियाँ कम्पनीहरु विरुद्ध सरकार आक्रमक, तमोरबाट पावर चाइनालाई आउट गरिँदै



काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ ।

आइतबार बसेको बोर्डको बैठकले ६७९ मेगावाटको तमोररबाट पावर चाइनालाई बिदाइ गर्न प्रक्रियाअघि बढाइएको हो । प्रक्रिया स्वरुप सम्झौता र कार्ययोजनाअनुसार काम अघि नबढेको भन्दै स्पष्टीकरण सोध्ने बोर्डले गररेको हो ।

नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) सँग मिलेर आयोजना बनाउने सम्झौता पावर चाइनाले गरेको थियो । एचआईडीसीएलको पत्रअनुसार बोर्डले पावर चाइनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एचआईडीसीएले २६ असोज २०७६ मा भएको सम्झौतालाई निरन्न्तरता नदिन बोर्डलाई पत्र लेखेको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि भएको चिनियाँ कम्पनीमाथिको कारवाही भारतीय कम्पनीलाई नै तमोर बुझाउनका लागि गरिएको हो । यसअघि सरकारले पश्चिम सेती र फुकोट कर्णाली भारतलाई बुझाउन चिनियाँ कम्पनीलाई दिएको लाइसेन्स खोसिसकेको छ । यसैगरी तल्लो अरुण भारतलाई बुझाउन लगानी बोर्डले स्वीकृत गरिसकेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १ : १७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले