२४ माघ २०८२, शनिबार | February 7, 2026

६० वर्षीया वृद्धबाट ७० वर्षीया वृद्धा बलात्कृत



बर्दिया । बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

मधुवन नगरपालिका-४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले जानकारी दिए ।

२०७५ पुस ०४ गते बलात्कार सम्बन्धी कसूर खेपेका थारूलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।  जिल्ला अदालतबाट सफाइ पाएपछि थारु २०७६मंसिर ०१ मा छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयस सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारू वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो ।

पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । थारूलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाले आइतबार अनुमति दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : ४७ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार