१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लुम्बिनी प्रदेशकै पहिलो केवलकार बुटवलमा सञ्चालनमा आयो(फोटोफिचर)



बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको ‘लुम्बिनी केवलकार’ आजबाट व्यवसायीक सञ्चालनमा आएको छ ।

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार गणतन्त्र दिवसको अवसर पारेर आजबाट व्यवसायीकरुपमा संचालनमा आएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते उद्घाटन गरेको केवलकार निर्माण सुरु भएको २७ महिनामा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

बिहान ८ बजेबाट प्रवेश खुल्ला गरिएको केवलकार चढ्न र हेर्न बुटवल र यस आसपासका ठुलो संख्यामा स्थानीय केवलकारको प्रारम्भ स्थलमा उपस्थित भएका थिए । राजधानी अन्यत्र जानु, निर्माण भएर अन्तरराष्ट्रिय विमानस्थल नचल्नु, अन्तरराष्ट्रिय सम्मेलन केन्द्रले काम नपाउने अवस्थामा केवलकारले बुटवलको पर्यटनमा टेवा पुग्ने कम्पनीले अपेक्षा गरेको छ । आज बिहानै कम्पनीका अध्यक्ष चन्द्र ढकालले केवलकार चढेर बसन्तपुर पुगेर कामाक्षा देवीको मन्दिरमा पुजाअर्चना गरेका थिए । सो अवसरमा बोल्दै ढकालले आन्तरिक, भारतीय र संसारभरका बुद्धधर्मका अनुयायीकहरुलाई लक्षित गरेर केवलकार स्थापना गरिएको बताए ।

१९ वर्षअघि बुटवलका लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा, भैरहवाका नारायणप्रसाद उपाध्याय लगायतको समूहले परिकल्पना गरेर अघि बढाएको केवलकारको आयोजना वन सम्बन्धी कानूनी जटिलता र पुंजी अभावमा झण्डै डेढ दशकसम्म अघि बढ्न नसकिरहेका बेला नेपालका शक्तिशाली घराना शर्मा एण्ड कम्पनी र आईएमई समुहको प्रवेशसँगै परिकल्पनाले सार्थकता पाएको हो । कम्पनीमा शर्मा एण्ड कम्पनी सहितको स्थानीयको ४९ प्रतिशत र आईएमई समुहको ५१ प्रतिशत शेयर लगानी रहेको छ । लुम्बिनी केवलकार लुम्बिनी प्रदेशकै पहिलो केवलकार हो ।

पर्यटकहरुका लागि १५० बेडको सुबिधासम्पन्न होटल, क्यासिनो, ७०० बढी क्षेमताको सभाहल सहितको सुबिधा समेत प्रयोग गर्न सकिने गरि तयारी गरिने कम्पनीले घोषणा गरेको छ ।

केवलकारमा २५ वटा गोण्डुला रहेका छन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

केपलकार सहित समग्र आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको बताइएको छ । आजबाट ब्यवसायीक सेवा प्रारम्भ भएपनि जेठ २५ गते प्रधानमन्त्री प्रचण्डबाट केवलकारको औपचारिक उदघाटन हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ६ : २० बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण