७ पुस २०८२, सोमबार | December 22, 2025

ब्युँतियो सांसद विकास कोष, सांसदलाई ५ करोड खर्च गर्ने अधिकार



काठमाडौँ । सरकारले नागरिकमाझ आलोचना भएको संसद विकास कोषलाई ब्युंताएको छ । आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने निर्णय गर्दै सरकारले कोषलाई ब्युँताएको हो । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् ।

सांसदहरुको बजेट वितरणमा जनताको असन्तुष्टी र नागरिकस्तरबाट कोष प्रति नकारात्मक टिप्पणी हुन थालेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । कोषको रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

नयाँ बजेटमा ‘संसदीय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ छुट्याइएको मन्त्री महतले जानकारी दिए ।यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सुशील कोइराला प्रधानमन्त्री भएको बेला ‘पूर्वाधार विकास कोष’को नाममा सुरु भएको बजेटलाई पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ राखिएको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : ५२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८