४ पुस २०८२, शुक्रबार | December 19, 2025

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस



खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम गरि मनाएको छ ।

गणतन्त्र प्राप्ति पछिका उपलव्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौं भन्ने मुल नाराका साथ खजुरा गाँउपालिकाले १६ औ गणतन्त्र दिवस मनाएको हो । आज बिहान सोही अवसरमा बृहद प्रभातफेरि गरिएको थियो ।

खजुराका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु सहित बाक्लो उपस्तिथि रहेको र्‍यालीले खजुरा बजार परिक्रमा पछि धनौलीमा रहेको सहिद सेतु बिकको सालिकमा माल्यार्पण गरि समापन भएको थियो ।

गणतन्त्र दिवसको अवसरमा ओयोजित कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सम्पुर्ण जनताले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताए ।

‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुने छैन,’ अध्यक्ष बिकले भने ।

गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा उनले जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न खजुरा गाँउपालिकाले योजनागत कार्यक्रम लिएर अगाडि बढ्ने अध्यक्ष बिकले बताएका थिए ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष मन्जु मल्ल चन्द, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरुले गणतन्त्र दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १० : ११ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ