२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने



काठमाडौ । लुम्बिनी विकास बैंकले मंगलबारदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्य ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । यसमध्ये सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो ।

यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ३० गतेसम्म खुला रहनेछ ।

न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ११ : २७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री