२२ भदौ २०८३, सोमबार | September 8, 2026

तीनदिन लगाएर खिचिएको थियो आमिर र करिश्माको चुम्बन दृश्य



मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरले कम उमेरमा अभिनयमा पाइला चालिन् । उनले सन् १९९१ मा रिलिज फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले ‘जिगर’, ‘अनाडी’, ‘राजा बाबु’ र ‘जीत’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् ।

उनले सन् १९९६ मा फिल्म ‘राजा हिन्दुस्तानी’मा अभिनय गरिन् । उनको अपोजिटमा आमिर खान थिए । यो फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै मनपराए । तर फिल्ममा दुवैको एक चुम्बन दृश्यले बढी चर्चा पायो । उनीहरुले वर्षातको समयमा त्यो चुम्बन दृश्य दिएका थिए ।

यो दृश्य खिच्न तीन दिन समय लागेको थियो । करिश्माले राजीव मसन्तको शोमा उक्त दृश्यको बारेमा खुलासा गरेकी थिइन् । ‘मानिसहरु त्यो चुम्बन दृश्यलाई आज पनि ‘ओहो त्यो चुम्बन दृश्य’ भनेर कुराकानी गर्छन् । तर ३ दिनसम्म चलेको उक्त दृश्यको सुटिङका बेला म निकै थकित भएकी थिएँ । हामीले फेब्रुअरीमा ऊटीमा उक्त दृश्यको सुटिङ गरिरहेका थियौं । त्यो सुटिङ कहिले सकिएला भनेर आमिर र म चिन्तित थियौं’, उनले भनेकी छन् ।

करिश्माका अनुसार अत्यन्तै चिसो मौसममा उक्त दृश्य खिचिएको थियो । ‘हड्डी नै कमाउने चिसो थियो । पानी पनि एकदमै चिसो । हामी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सुटिङ गथ्र्यौ । सुटिङ भइरहँदा हामी कामिरहन्थ्यौं’, करिश्माले खुलाएकी छन् ।

फिल्म ‘राजा हिन्दुस्तानी’ सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको यो फिल्ममा एक ट्याक्सी ड्राइभर र एक धनी परिवारकी युवतीबीचको प्रेमकथा देखाइएको थियो । फिल्ममा करिश्मा र आमिरका अलावा अभिनेता कुणाल खेमू, जोनी लिवर र अर्चना पुरना सिंहको अभिनय थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार