१३ असार २०८३, शनिबार | June 27, 2026

नेकपा केन्द्रीय कमिटीले १०० होईन १००० प्रतिशत अध्यक्ष हटाउन सक्छ : वरिष्ठ नेता झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी, सचिवालय, केन्द्रीय कमिटी , संसदीय दल जुनसुकै अंगमा फेस गर्न चुनौती दिएकाछन् ।

‘ऋषि धमलासँग जनता जान्न चाहन्छन’मा धमलासँग कुरा गर्दैै वरिष्ठ नेता खनालले पार्टीका सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा संसदीय दलमा समेत प्रधानमन्त्री अल्पमतमा रहेको दाबी गरेका छन्।

खनालले पार्टीका सबै निकायमा अल्पमतमा पर्दा पनि ओलीलाई पदमा बस्ने अधिकार नभएको बताए । उनले कुनै पनि नेताले आफुलाई पार्टी भन्दा ठुलो ठान्न नहुने बताउँदै पार्टीले पठाएको जिम्मेवारी पुरा गर्दा पार्टीले दिएको निर्देशन मान्नुपर्ने जिकिर गरे ।

केपी ओली प्रधानमन्त्री भएको ‘डे वान’ देखिनै पार्टीसँग सल्लाह नगरी काम गरेको आरोप लगाउँदै वरिष्ठ नेता खनालले एकलौटी काम गरेको आरोप लगाए ।

‘समाजवादी बाटोमा प्रधानमन्त्री सर्वेसर्वा हुँदैन, प्रधानमन्त्री पनि अन्य नेताहरु जस्तै पार्टीको एक जना नेता हुन्,’ खनालले भने, ‘पार्टीको अपहेलना गरेर सरकार र पार्टी चल्दैन ।’

ओलीले भन्ने गरेको महाधिवेशनले बनाएको अध्यक्ष भन्ने कुरा गलत भएको भन्दै खनालले वर्तमान केन्द्रीय कमिटी एकता भेलाले बनाएरको जिकिर गरे । उनले भने, ‘अधिकार सम्पन्न बनाएकाले केन्द्रीय कमिटीले हटाउँदा जो पनि हट्नुपर्छ ।’

पार्टीका दुबै अध्यक्ष केन्द्रीय कमिटीप्रति उत्तरदायी बन्नु पर्ने भन्दै उनले वर्तमान केन्द्रीय कमिटीले अध्यक्ष ओलीलाई हटाउन सक्ने स्पष्ट पारे । ‘१०० प्रतिशत होईन, केन्द्रीय कमिटीले १००० प्रतिशत अध्यक्ष हटाउन सक्छ, कुनै ऐन र कानुनले छेक्न सक्दैन,’ उनले भने ।

एकीकरणका बेला सहमतिबाट चल्ने सबै बाटोहरु केपी ओलीले तोडेको बताउँदै सहमति तोड्ने काम ओलीले नै गरेको खनालको भनाई छ ।

ओलीले पार्टी फोड्ने काम गरे र अध्यादेश ल्याए भने त्यो नै कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठुलो अपराध कर्म हुने बताउँदै उनले त्यस्तो कर्मलाई कम्युनिष्ट आन्दोलनले नछाड्ने चेतावनी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ५० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट