४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा केन्द्रीय कमिटीले १०० होईन १००० प्रतिशत अध्यक्ष हटाउन सक्छ : वरिष्ठ नेता झलनाथ खनाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी, सचिवालय, केन्द्रीय कमिटी , संसदीय दल जुनसुकै अंगमा फेस गर्न चुनौती दिएकाछन् ।

‘ऋषि धमलासँग जनता जान्न चाहन्छन’मा धमलासँग कुरा गर्दैै वरिष्ठ नेता खनालले पार्टीका सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा संसदीय दलमा समेत प्रधानमन्त्री अल्पमतमा रहेको दाबी गरेका छन्।

खनालले पार्टीका सबै निकायमा अल्पमतमा पर्दा पनि ओलीलाई पदमा बस्ने अधिकार नभएको बताए । उनले कुनै पनि नेताले आफुलाई पार्टी भन्दा ठुलो ठान्न नहुने बताउँदै पार्टीले पठाएको जिम्मेवारी पुरा गर्दा पार्टीले दिएको निर्देशन मान्नुपर्ने जिकिर गरे ।

केपी ओली प्रधानमन्त्री भएको ‘डे वान’ देखिनै पार्टीसँग सल्लाह नगरी काम गरेको आरोप लगाउँदै वरिष्ठ नेता खनालले एकलौटी काम गरेको आरोप लगाए ।

‘समाजवादी बाटोमा प्रधानमन्त्री सर्वेसर्वा हुँदैन, प्रधानमन्त्री पनि अन्य नेताहरु जस्तै पार्टीको एक जना नेता हुन्,’ खनालले भने, ‘पार्टीको अपहेलना गरेर सरकार र पार्टी चल्दैन ।’

ओलीले भन्ने गरेको महाधिवेशनले बनाएको अध्यक्ष भन्ने कुरा गलत भएको भन्दै खनालले वर्तमान केन्द्रीय कमिटी एकता भेलाले बनाएरको जिकिर गरे । उनले भने, ‘अधिकार सम्पन्न बनाएकाले केन्द्रीय कमिटीले हटाउँदा जो पनि हट्नुपर्छ ।’

पार्टीका दुबै अध्यक्ष केन्द्रीय कमिटीप्रति उत्तरदायी बन्नु पर्ने भन्दै उनले वर्तमान केन्द्रीय कमिटीले अध्यक्ष ओलीलाई हटाउन सक्ने स्पष्ट पारे । ‘१०० प्रतिशत होईन, केन्द्रीय कमिटीले १००० प्रतिशत अध्यक्ष हटाउन सक्छ, कुनै ऐन र कानुनले छेक्न सक्दैन,’ उनले भने ।

एकीकरणका बेला सहमतिबाट चल्ने सबै बाटोहरु केपी ओलीले तोडेको बताउँदै सहमति तोड्ने काम ओलीले नै गरेको खनालको भनाई छ ।

ओलीले पार्टी फोड्ने काम गरे र अध्यादेश ल्याए भने त्यो नै कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठुलो अपराध कर्म हुने बताउँदै उनले त्यस्तो कर्मलाई कम्युनिष्ट आन्दोलनले नछाड्ने चेतावनी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ५० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा