११ असार २०८३, बिहिबार | June 25, 2026

भारतीय पक्षसँग प्रचण्डको प्रश्न, ‘भारतले जसरी हामीले पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ?’



नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भारतको नव निर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे चासो राखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमणको पहिलो दिन बुधबार आफूलाई भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग नक्सामा नेपाली भूमि समेटिएकोबारे चासो राखेका हुन् ।

अनौपचारिक कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नक्साबारे चासो व्यक्त गर्दा भारतीय पक्षबाट डोभाल र विदेश सचिव क्वात्राले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेका थिए ।

भारतीयपक्षको धारणा सुने लगत्तै प्रधानमन्त्री प्रचण्डले नेपालको संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्ने चर्चा सुरु भएको बताएका थिए । ‘भारतले जसरी हामीले पनि ग्रेटर नेपालको नक्सा राखे के हुन्छ ?,’ प्रधानमन्त्रीको भारतीय पक्षसँग प्रश्न थियो ।

नेपाली भूमि कपिलवस्तु र लुम्बिनीलगायतका क्षेत्र समेत समेटेर भारतले उक्त नक्सा आफ्नो संसद्मा राखेपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ । विरोधका क्रममा प्रधानमन्त्री प्रचण्डलाई आफ्नो भारत भ्रमणका बेला सो नक्साबारे भारतीय पक्षसँग प्रश्न गर्न र हटाउन आग्रह गर्न दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको दोस्रो दिन समकक्षी नरेन्द्र मोदीलगायत उच्चस्तरीय राजनीतिक भेटघाट र महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : २४ बजे

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

पाल्पा । यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी