७ पुस २०८२, सोमबार | December 22, 2025

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पायो आईएसल प्रयोगको स्वीकृति



नयाँ दिल्ली । भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा ‘इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएसल) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमका विषयमा चासो व्यक्त गरेपछि भारतले प्रयोग अनुमति दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएसका लागि भारतले अनुमति दिएको जनाएका छन् ।

यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ। विमानस्थल निर्माणको क्रममा नेपालले पहिल्यै आइएसएस उपकरण जडान गरेपनि त्यसको फ्रिक्वेन्सीले भारतीय सीमा क्षेत्रको २ किलोमिटर आसपासको हवाई स्पेस लिएपछि भारतले सो उपकरण संचालनमा अवरोध गरेको थियो ।

आइएलएस उडान नहुँदा मौसम खराब हुँदा भैरहवाको उडान अवरुद्ध हुने गरेको थियो । अब भने जुनसुकै मौसममा पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उडान योग्य हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा अतिरिक्त हवाई रुटबारे समेत कुराकानी भएको र त्यससम्बन्धमा भारत सकारात्मक रहेको जानकारी गराए ।

‘हामीले अतिरिक्त हवाई रुटका विषयमा पनि छलफल गरेका छौं । द्विपक्षीय हवाई उडानका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गर्छ,’ प्रचण्डले पत्रकार सम्मेलनमा भने ।

उनले दुई देशबीच द्विपक्षीय एटीआर जहाज उडान गर्न सम्भव रहेको पनि बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ४ : ०७ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको