१ पुस २०८२, मंगलबार | December 16, 2025

लमजुङ कारागारबाट फरार कैदी पक्राउ



लमजुङ। लमजुङ कारागारबाट रातारात फरार भएका दुबै जना कैदी पक्राउ परेका छन् ।

फरार मध्यका जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नपा–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार करिब ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नपा–२ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।

अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीशहर नपा–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्धामा पुर्पक्षका लागी कारागार चलान भएका थिए ।
दुबैलाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ ।

बेसीशहर नपा–८ शेरा स्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर रातको साढे १ बजे २ कैदी फरार भएका थिए । कारगारमा हाल ८८ जना कैदिबन्दी छन् । जसमध्ये ६ जना महिला र ८२ जना पुरुष छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : १८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा