३ पुस २०८२, बिहिबार | December 19, 2025

बुटवलका एग्रोभेटहरुमा अनुगमन : ढकाल एग्रोभेटमा नेपालमा अनुमती नै प्राप्त नगरेको मलखाद ठूलो परिमाणमा फेला

अनुमती बिना १० बर्ष देखि विषादी बिक्रि वितरण



बुटवल । कृषि ज्ञान केन्द्र रुपन्देही, बीउ बिजन प्रयोगशाला भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहितको संयुक्त टोलीले रुपन्देहीका एग्रोभेट पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बुटवल-६ नेपालजञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा व्यापक अनियमितता भएको भेटिएको छ ।

उक्त एग्रोभेटले बिगत १० वर्षदेखि विषदी बिक्रि वितरणको अनुमती नलिएको, ७ वर्ष बढी समयदेखि पसल नविकरण नगरेको भेटिनुका साथै म्याद गुज्रेका बीउ र अवैध सामग्री बिक्रि वितरण गरेको भेटिएको हो ।

पसलबाट २८ हजार ५६० रुपैयाँ मूल्य बराबरको म्याद गुज्रेका बीउ तथा अन्य सामग्री बरामद गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।

शुक्रबार बुटवलका आधा दर्जन बढी एग्रोभेट पसलहरुमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । अनुगमनका क्रममा अन्य एग्रोभेट पसलहरुमा अवस्था सामान्य देखिएपनि ढकाल एग्रोभेटमा व्यापक अनियमितता भेटिएको उनले जानकारी दिए । उक्त एग्रोभेटले नेपालमा बिक्रिका लागि अनुमती नै प्राप्त नगरेको मलखाद समेत बिक्रि गर्दै आएको भेटिएको छ ।

मुस्कान एन पि के 20-20-10’ नामक मलखाद बिक्रिका लागि राखेको अवस्थामा ४९ बोरा बरामद गरिएको अनुगमनका सहभागी साना उद्योग कार्यालयका प्रतिनिधी युवराज आचार्यले बताए । उक्त मलको बोरामा उल्लेखित मुल्य भारतीय १ हजार ५ सयका हिसाबले नेपाली मुल्य कूल १ लाख १७ हजार ६०० बराबरको भेटिएको हो । उक्त मल नेपालमा बिक्रि वितरणका लागि अनुमती नभएको कृषि ज्ञान केन्द्र रुपन्देहीका मल निरीक्षक अनिल कानु बानियाले जानकारी दिए । भारतीय बजारबाट लुकिछिपी भन्सार छलेर नेपाल ल्याइएको हुन सक्ने उनले बताए ।

एग्रोभेटमा नेपालमा बिक्रिका लागि सिफारिस नै नभएका धानका बीउ विजनहरु समेत बिक्रिका लागि राखिएको अवस्थामा भेटिएको बीउ विजन प्रयोगशालाका प्रमुख शालिकराम गौतमले जानकारी दिए । ढकाल एग्रोभेटले लामो समयदेखि कृषकहरुलाई मूल्यमा समेत ढगी गर्दै आएको भेटिएको उनले बताए । कमभन्दा कम मुल्य र कमसल सामग्री लिएर कृषकलाई महङ्गो मुल्यमा बिक्रि गरिरहेको अवस्थामा भेटिएको उनले बताए ।

पसलमा व्यापक अनियमितता भेटिएको भएपनि पसललाई शिल भने गरिएको छैन । ‘एग्रोभेटले अर्को एक पसलसँग सटर सेयर गरेर पसल गरिरहेका कारण शिलबन्दी गर्न समस्या पर्यो ।’ अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्याल रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले भने, उक्त पसललाई हामीले निगरानीमै राखेका छौं । यसैगरी उक्त पसलका सञ्चालकलाई आईतबार आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको उनले बताए । उक्त समयमा पनि पसलले प्रक्रिया पूरा नगरको अवस्थामा कानून अनुसार कारबाही गरिने उनले बताए ।

बजारमा अवैध मल सप्लाई गर्ने मुख्य सप्लायर्सका सञ्चालक भने अनुगमनको सुइको पाएपछि पसल नै बन्द गरेर सम्पर्कविहिन भएको अनुगमन टोलीले जनाएको छ । बुटवल-६ आर्दशनगरमा रहेको सुव एग्रोभेट सेन्टरले यसरी अवैध मल सप्लाई गर्दै आएको कुरा खुल्न आएपछि अनुगमन टोली त्यहाँ पुग्दा सञ्चालक सुन्दर पोख्रेल पसल नै बन्द गरी सम्पर्कविहिन भएका थिए । सञ्चालक पोख्रेललाई आवश्यक सोधपुछका लागि पटक-पटक प्रयास गर्दा पनि उनी फोन सम्पर्कमा आउन नचाहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । यस क्षेत्रका अधिकांश एग्रोभेटहरुलाई सप्लायर्सका रुपमा काम गर्दै आएको उक्त पसलले ठूलो परिमाणमा अवैध मलको कारोबार गरेको हुन सक्ने भन्दै उक्त पसलमाथि आवश्यक निगरानी सुरु गरिएको लामिछानेले बताए । आवश्यक कागजात लिएर सम्बन्धित व्यक्ति प्रशासन कार्यालयमा उपस्थित नभए आवश्यक कारबाहीका लागि आफूहरुले कदम अघि बढाउने लामिछानेले चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ५ : ४१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको