८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

संघीय सदनका दुवै बैठक बस्दै : हिजो अवरुद्ध बैठक आज सुचारु हुनसक्ने



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथी छलफल तथा बहस सुरू हुनेछ । तर, हिजोको बैठक प्रमुख प्रतिपक्ष दलले अवरुद्ध गरे पछि छलफल नै सुरु नभई स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बंगलादेशसम्म सिमा पहुँचका लागि नेपाली भुमी कालापानी साटफेर गरेर सिमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतले प्रधानमन्त्रीको जवाफ माग गर्दै हिजो संसद अवरुद्ध गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सुचारु गर्न नदिए पछि आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।

सहमति खोज्नका लागि स्थगित भएको बैठक सहमति जुटन नसके पछि आज बिहान ११ बजे बोलाईएको हो ।

उता, राष्ट्रियसभा बैठक भने सुचारु भई शोक प्रस्ताव पारित गरे पनि त्यसपछि बैठक अघि बढन सकेन । प्रतिपक्ष दलले अवरोध गरेपछि आधा घन्टाका लागि स्थगित बैठक सुचारु हुन नसकेपछि आज अपरान्ह १ बजेका लागि बोलाईएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ४९ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत