१६ माघ २०८२, शुक्रबार | January 31, 2026

गण्डकी सरकारको प्राथमिकतामा त्रिवेणी-कोरला सडक



पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको छ ।
सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवलपुर र मुस्ताङ जोड्ने उत्तर दक्षिण मार्ग कोराला-त्रिवेणी सडकसँगै नवलपुरमा हुने औद्योगिक निर्माण मुख्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख गुरुङले कोरला-त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागिपरेको बताए ।
आठ वर्षदेखि अलपत्र परेको नवलपुरमा पर्ने दुम्कीबास–गजेन्द्रमोक्ष सडकखण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुनिश्चितता गरी वन्यजन्तुमैत्री संरचनासहित तीन वर्षभित्र निर्माण सम्पन्न गर्न विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि कार्यारम्भ भएको गुरुङले बताए।
सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका नवलपुरको लोकाहाखोला, कास्की र तनहुँको पुँडिटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कालीगण्डकी, मस्र्याङ्दीलगायत करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गरिने उनले बताए ।
नवलपुरको डेढगाउँबाट तनहुँको भिमाद तथा नवलपुरको डेढगाउँबाट नवलपुरकै झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख गुरुङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमका आधारमा रही गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि बजेट तयार पार्नेछ । त्रिवेणी–कोरला सडकलाई धार्मिक मार्गसँगै आर्थिक मार्गका रुपमा प्रदेश तथा सङ्घीय सरकारले हेर्दै आएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : १४ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी